
काठमाडौँ, ८ असार । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।
झाले आफ्नो जागिर अवधिमा चार करोड ८७ लख ३८ हजार २१० रुपैयाँ कमाएको खुलेको छ ।
जसमध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ आम्दानीको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
झा २०३९ साल मंसिर ९ गते सार्वजनिक सेवा प्रवेश गरेका थिए ।
उनले २०७८ सम्म ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।
अख्तियारले रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।
झाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।















प्रतिक्रिया