
काठमाडौँ, ८ असार । झापाको बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले सरकारले भुक्तानी नदिए असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेका छन् ।
वुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यी दुई मेडिकल कलेजले यस्तो बताएका हुन् ।
२०७८ मंसिरपछि बीमाबापतको रकम नपाएको ती मेडिकल कलेजले जानकारी गराए ।
बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले स्वास्थ्य बीमाबापतको ४५ करोड रूपैयाँभन्दा बढी र नोबेलको ५४ करोडभन्दा बढी रूपैयाँ लिन रहेको जानकारी दिए ।
सम्झौतामा १५ दिनभित्र भुक्तानी दिने भनिए पनि डेढ वर्षसम्म भुक्तानी नदिएको भन्दै उनीहरुले कार्यक्रम नै बन्द गर्ने घोषणा गरेका हुन् ।















प्रतिक्रिया