२ कार्तिक २०८३, सोमबार

रविको दल दर्ता रोक्न माग गर्दै अर्को पनि उजुरी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । टेलिभिजन प्रस्तोताबाट राजीनामा दिएर राजनीतिक दल घोषणा गरेका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा अर्को पनि उजुरी परेको छ ।

‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै लामिछानेको पार्टी दर्ताविरुद्ध उजुरी परेको हो ।

विभिन्न ठाउँबाट स्वतन्त्रमा उम्मेदवारी दिने तयारी भइरहेको भन्दै पार्टीलाई नै स्वतन्त्र नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुलाई असहज हुने उजुरीमा उल्लेख छ ।

‘स्वतन्त्र शब्दको आफैँमा महत्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ’, उजुरीमा भनिएको छ ।

आजै आयोगसमक्ष ‘स्वतन्त्र उम्मेदवारी अभियान’ नामको लेटरहेडमा प्रयोग गर्दै डम्बर साहुले पनि स्वतन्त्र शब्द हटाएर अन्य शब्द राख्न माग गर्दै निर्वाचन अयोगमा निवदेन दिइसकेका छन् ।