
काठमाडौँ, ८ असार । निर्वाचन आयोगमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता निवेदन खारेज गर्न उजुरी परेको छ ।
वुधबार लामिछानेको पार्टी दर्ताको खारेजीको माग गर्दै स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निवेदन आएको जानकारी दिएका छन् ।
अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ ।
रविले मंगलबार राष्ट्रिय सभा गृहबाट आफ्नो नयाँ पार्टीको घोषणा गरेका थिए । आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्ने उनले घोषणा गरेका थिए ।
मंगलबार नेकपा एमालेका नेता सूर्य थापाले स्वतन्त्र पार्टी दर्ता गर्नु कानुन विपरित हुने बताएका थिए ।















प्रतिक्रिया