
रामेछाप, ८ असार । गोकुलगंगा ६ मा घरमा लुकाइराखेको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।
ग्यामकिरी बस्ने ६२ वर्षीयका आइते तामाङले आफ्नै घरभित्र लुकाएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।
भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी अधिकृतसहितको टोलीले तामाङको घरमा गई खानतलासी गरेको थियो।















प्रतिक्रिया