२ कार्तिक २०८३, सोमबार

विषालु च्याउ खाँदा बागलुङमा एकै परिवारका चारजना बिरामी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ८ असार । ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन्।

विषालु च्याउ खाँदा ताराखोला–५ माटेबिसौनाका एकै घरका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती बिरामी भएका हुन्। यसैगरी उनीहरूको घरमा पाहुना लाग्न आएका म्याग्दी रुम घर भएका रविन रोका पनि बिरामी भएका छन्।

घाइतेहरूको उपचार गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा भईरहेको छ । मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेपछि बुधबार बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको प्रहरीले जनाएको।