२ कार्तिक २०८३, सोमबार

झापामा सर्पदंशबाट किशोरको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दमक, ८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५, खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।-रासस