काठमाडौं, १९ वैशाख । गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको एक साता पछि आज फेरि बारपाकलाई नै केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ ।
आज विहान ११ बजेर ३० मिनेट जादा ५.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । वारपाक लमजुङ र गोरखाको सिमानामा अवस्थित छ । भूकम्प मापन केन्द्रका अनुसार लमजुङको खुदी गाविसको २५ किमी पूर्वलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको हो ।
गत शनिबार वारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प जादा गाउँ नै ध्वष्त भएको थियो ।













प्रतिक्रिया