५ कार्तिक २०८३, बिहिबार

हामीले १० वर्ष खर्चेर सिकेको पाठ दोहोर्‍याउने छूट रविलाई छैन : पाण्डे

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नयाँ पार्टी खोलेर राजनीतिमा प्रवेश गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई गल्तीहरू दोहोर्याउने छूट नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आफूहरूले गरेको गल्ति दोहोर्याउने छूट नभएको बताएका हुन् । उनले ती गल्तीहरूबाट पाएको पाठको मूल्य धेरै युवाहरुको जवानीको १० वर्ष रहेको समेत बताएका छन् ।

पाण्डेले ‘मैले मात्र देश बनाउन सक्छु भन्ने अहंम् त्यागेँ’ भन्ने उज्वल थापाको भनाईका कारण देश आफुले मात्र बनाउने भन्ने कुरा सबैले त्याग्न जरुरी रहेको बताए ।

उनले रविलाई ‘म’ ले राजनीतिमा केहि गर्न नसक्ने र ‘हामी’ ले मात्र परिणाम दिन सक्ने कुरा स्मरण गराएका छन् । साथै, उनले रविलाई राजनीति लामो दौड भएको बताउँदै राजनीतिमा टिक्नु नै ठूलो कुरा भएको समेत बताएका छन् ।