
काठमाडौं, ८ असार । देशभर आजदेखि आन्तरिक उडान बन्द गर्ने भनेका वायु सेवा सञ्चालकहरुले आज बिहान ११ बजेदेखि उडान सुचारु गर्ने भएका छन् ।
नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार राति भएको वार्तापछि वायु सेवा सञ्चालकहरु सेवा सुचारु गर्न तयार भएका हुन् ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच भएको वार्तामा तत्कालका लागि उडान बन्द नगर्ने सहमति बनेको हो ।















प्रतिक्रिया