२ कार्तिक २०८३, सोमबार

निरन्तर एसपीओ२ मनिटरिङका साथ ओप्पो ब्यान्ड उपलब्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । मोबाईल फोनका साथ, ओप्पोले विभिन्न वेयरबल स्मार्ट डिभाईसहरु पनि उपलब्ध गराइरहेको सर्वविदितै छ ।

ओप्पो ब्यान्डले लगातार ब्लड अक्सिजन मनिटरिङ फङ्शन प्रदान गर्दछ, जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसन (एसपीओ२ को निगरानी गर्दछ ।

ओप्पो ब्यान्डले १२ वर्कआउट मोडहरू र अन्य सुविधाजनक प्रकार्यहरू पनि प्रदान गर्दछ, जुन सक्रिय, व्यस्त जीवनशैलीका लागि उपयुक्त छ । डिजाइनको कुरा गर्दा, ओप्पो ब्यान्डले ओप्पो एस्थेटिकलाई जारी राखी १.१ इन्च फुल कलर अमोल्ड स्क्रिनको साथ उपलब्ध छ ।

निरन्तर एसपीओ२ मनिटरिङकोः हरेकपल सक्रिय निद्रामा पनि तपाईको साथ

आजकल, निद्रा नलाग्ने समस्या मध्यम–उमेर वा वृद्धहरूका लागि मात्र नभएर युवायुवतीहरुमा पनि समस्याहरु छन् यसका मुख्य कारणहरु तनाव, व्यस्त जीवनशैलीलाई औँल्याउन सकिन्छ ।

ओप्पो ब्यान्डको हेल्थ मनिटरिङ फङ्क्सनले विशेषत निद्राको समस्या पत्ता लगाउन सहयोग गर्दछ । यसले सही निद्रा निगरानी हर्ट रेट निरन्तर एसपीओ२ अनुगमन गर्दछ —यसको प्रयोगकर्ताको निद्रा समस्याकोे चौतर्फी रेकर्ड र विश्लेषण प्रदान गर्दछ ।

निरन्तर एसपीओ२ निगरानी बिल्ट–इन अप्टिकल रगत अक्सिजन सेन्सरलेगर्दछ । यो कम्पोनेन्टले ओप्पो ब्यान्ड प्रयोगकर्ता सुतिरहेको बेला रगत अक्सिजनको मात्रा प्रति सेकेन्ड निरन्तर निगरानी गर्न सक्षम बनाउँछ ।

आठ–घण्टाको निद्रामा यसले २८, ८०० पटक नन–स्टप एसपीओ२ अनुगमन गर्छ – प्रयोगकर्ताको शरीरको अक्सिजनको मात्रा पूर्ण रूपमा मापन गर्दै यसको निरन्तर एसपीओ२ मोनिटर र व्यावसायिक निद्रा मनिटरको साथ, ओप्पो ब्यान्डले प्रयोगकर्ताहरूलाई स्वस्थ निद्रा बानीहरू विकास गर्न मद्दत गर्दछ ।

ओप्पो ब्यान्डमा मुटुको गति मनिटर पनि छ । बिल्ट–इन अप्टिकल हार्ट रेट सेन्सरले प्रयोगकर्ताको हृदय गति चौबीसै घण्टा निगरानी राख्न सक्छ । यदि मुटुको धड्कन धेरै बढ्यो भने, स्मार्ट ब्यान्डले प्रयोगकर्तालाई अनियमित हृदयघातको चेतावनी दिन भाइब्रेट गर्नेछ ।

ओप्पो ब्यान्डले व्यायामको क्रममा मुटुको धड्कन मापन गर्दा, प्रयोगकर्ताहरूले ओभर–ट्रेनिङबाट बच्न सक्छन् र उनीहरूले आफ्नो लक्ष्यमा अघि बढिरहेका छन् भनी सुनिश्चितगर्न उनीहरूले कस्तो गति कायम राख्न आवश्यक छ भनीसिक्न सक्छन् ।

१२ वर्क आउट मोडसँग एक सक्रिय जीवन

निद्रा सम्बन्धी समस्याहरू बाहेक, युवा वयस्कहरू सबैभन्दा बढी चिन्तित हुने अर्को स्वास्थ्य समस्या भनेको व्यायाम हो, र ओप्पो ब्यान्ड वर्क आउटलाई सजिलो बनाउँछ ।

यसमा दौडने, हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने, ब्याडमिन्टन, क्रिकेट, योग आदि लगायत १२ वटा अन्तर्निहित वर्क आउट मोडहरू छन्, जसले युवाहरू माझ लोकप्रिय भएका अधिकांश खेलहरूलाई समेट्छ ।

ओप्पो ब्यान्डले व्यायाम डेटा रेकर्ड गर्दै, प्रयोगकर्ताहरूले हेट्याप हेल्थ एपमा आफ्नो प्रोगे्रस जाँच गर्न सक्छन् र सक्रिय जीवन जीउन प्रेरणा प्रदान गर्दछ ।

दीर्घकालीन सुविधा

ओप्पो ब्यान्डले प्रयोगकर्ताको स्मार्टफोन विस्तारको रूपमा पनि काम गर्न सक्छ । प्रयोगकर्ताहरूले सन्देश र कल सूचनाहरू प्राप्त गर्न सक्छन्, संगीत प्लेब्याक नियन्त्रण गर्न सक्छन्, र ब्यान्डमार्फत आफ्नो मोबाइल फोनहरू फेला पार्न सक्छन् ।

ब्याट्रीको लागि, ओप्पो ब्यान्डले उच्च क्षमता र कम पावर प्रोसेसर युक्त १०० एमएएच् ब्याट्री रहेको छ, यो केवल१.५ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ ।

यसको आकर्षक डिजाइन र विभिन्न फिटनेस क्षमताहरूको साथ, ओप्पो ब्यान्डले तपाईंको स्वास्थ्य र जीवनशैलीलाई सक्रिय बनाउनेमा विश्वस्त छन् ।