काठमाडौँ, १९ वैशाख । विनाशकारी भूकम्पबाट पीडित भएकाहरुलाई चौधरी ग्रुपले विभिन्न स्थानमा राहत सामग्री प्रदान गरेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानमा शिविर खडा गरेर भूकम्पपीडितलाई सघाउँदै आएकोे ग्रुपले राहत सामग्री वितरणमा आफूलाई केन्द्रित गरेर सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, काभ्रे, भक्तपुरलगायत प्रभावित क्षेत्रमा खाद्यान्न र त्रिपाल वितरण गरिरहेको जनाएको छ ।
पहिलो चरणमा उक्त ग्रुपले खाद्यान्न, त्रिपाल, स्वास्थ्य सेवा प्रदान गरिरहेको, दोस्रो चरणमा पीडितहरुलाई व्यवस्थित आवासमा पुनःस्थापना गर्ने योजना बनाएका जनाउँदै ग्रुपले आज जारी गरेको प्रेस विज्ञप्तिमा चौधरी ग्रुपका स्कुल÷कलेज र अरु भवनलाई आवासका रुपमा पीडितलाई प्रयोग गर्न दिइने उल्लेख छ ।
ग्रुपले भक्तपुरको सिरुटार, सिन्धुपाल्चोकको भीमटार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको तथा काठमाडौँको चन्द्रागिरी नगरपालिका– १५ र १७ र ललितपुरका टीकाभैरव र ढुकुमा राहत वितरण गरेको जनाएको छ । रासस
















प्रतिक्रिया