२ कार्तिक २०८३, सोमबार

आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टर प्रा.लिबीच छुट सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टर (सुगर, थाइराइड, इन्डोक्रिनोलोजी एण्ड मल्टिस्पेसियल्टी सेन्टर) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहक महानुभावहरुलाई स्टेम सेन्टर बत्तीसपुतली, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तैः प्याथोलोजी टेस्ट, रेडियोलोजी, टेस्ट, फार्मेसी, डेन्टर तथा अप्थाल्मोलोजिकल प्रोडक्टस्मा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

सोही अवसरमा स्टेम सेन्टरबाट प्राप्त हुने प्याथोलाजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहक महानुभावहरुले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्टेम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।