
-विवि श्रेष्ठ
तनहुँ, ७ असार । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा विपद व्यवस्थापन समाग्री हस्तान्तरण छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हरिवहादुर थापाको अध्यक्षतामा भएको सो साधारण सभाको प्रमुख अतिथीमा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले ट्राफिक प्रहरीलाई विपद व्यवस्थापन सामाग्री सहस्तान्तरण गरेका थिए ।
सहकारी जनता प्रति उत्तरदायी रहनुपर्ने हुँदा शान्ति सुरक्षामा सधै साथ दिने भूमिका खेल्ने ट्राफिक प्रहरीलाई विपद तथा जोखिममा समान्य सहजीकरण होस भन्ने हेतुले विपद व्यवस्थापनका समाग्री वितरण गरिनुले सहकारी जनता प्रति उत्तरदायी भएको वताए ।
विपद व्यवस्थापन समाग्रीमा फायर साईड ३ सिलिण्डर, लाईफ ज्याकेट २ थान, हेलमेट ५ थान, वेल्चा ५ थान, गैची ३ थान, डोरी ३० मिटर र स्टेचर १ थानगरि करिव ३३ हजार ५० रुपैयाँ बराबरको समाग्री वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सुप्रिम सहकारीले म्याग्दे गाउँपालिकामा आर्थिक र विकास निर्माणमा भुमिका खेलेको बताए । जनतालाई आर्थिक उपार्जनमा टेवा पुर्याउन यो सहकारीले महत्वपूर्ण भुमिका खेलेको छ, श्रेष्ठ वताए ।

सेवाग्राहीलाई विभिन्न सेवादिदै आएकोले सहकारीले अव कृषिमा लगानी गरि आत्मनिर्भर म्याग्देबासी बनाउन भुमिका खेल्नुपर्ने बताए ।
म्याग्दे गाउँपालिकाले कृषि र उत्पादनलाई जोड दिइ बजेट निर्माणमा अग्रसर भएको समेत उनले वताए । कृषि र उत्पादनलाई जोड्न नसकिए समृद्ध पालिका बनाउन नसकिने हुँदा आफनो पहिलो प्राथमिकता नै कृषि भएको बताए ।
साधारणसभाको अवसर पारेर संस्थाका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका सचिवले संचालन गरेको सो कार्यक्रमको संस्थाका उपाध्यक्ष मनोज अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
२०६५ सालमा स्थापना भएको सो सहकारीले एसएमएस सेवा, पेन्सन सेवा, रेमिट्यान्स, खानेपानी विल भुक्तान, विद्युत महशुल, टेलिफोन महशुल लगायत विभिन्न सेवा दिँदै जनतालाई लाभ दिइरहेको छ ।
















प्रतिक्रिया