२ कार्तिक २०८३, सोमबार

भैरहवाको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण हुँदा डीएसपी घाइते

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण हुँदा डीएसपी घाइते भएका छन् ।

बालगृहका किशोरहरुलाई सार्ने तयारी गरिएपछि त्यसको विरोधमा १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीको प्रवेश रोक्दै आक्रमण गरेका हुन् ।

आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका प्रहरीले जनाएको छ ।

किशोरहरुले सुधार गृहको सिसा समेत फुटाएका छन् ।

६० जना क्षमताको सुधार गृहमा १०६ जना बढी राखिएको छ ।

स्थानीयले बाल सुधार गृहका किशोरहरुको व्यवहार अमर्यादित बनेको भन्दै निवेदन दिएपछि स्थानान्तरणको तयारी गरिएको बताइएको छ ।

भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो ।