काठमाडौँ, १९ वैशाख । शनिवार अपरान्ह गएको बिनासकारी भूकम्पमा परी १३ सुरक्षाकर्मी र चार सरकारी कर्मचारीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार नेपाली सेनाका आठ, नेपाल प्रहरीका चार र सशस्त्र प्रहरी बलका एक जनाको मृत्यु भएको हो । प्रहरी प्रवक्ता कमलसिंह बमका अनुसार मृत्यु हुनेमा प्रहरी नायव निरीक्षक गोपाल पौडेल, प्रहरी हवल्दार शमशेर नेपाली, हरीकृष्ण भारती र जवान रामलाल चौधरी रहेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणअनुसार उपत्यकामा दुई हजार ९७६ निजी भवन र १७३ सरकारी भवन र ८८ पुरातात्विक भवनहरु भत्किएका छन् ।
यसैबीच भूकम्पपछि संकटकालिन क्षेत्र घोषणा गरिएका उपत्यका बाहिरका ११ जिल्लामा नेतृत्व गर्दै ११ जना प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षकलाई खटाएको छ ।
अतिप्रभावित जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा परीचालन गर्न ४५ जना प्रहरी नायव उपरीक्षकसमेत खटाएको प्रवक्ता बमले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया