१ कार्तिक २०८३, आइतबार

हङकङसँग पराजित भए पनि नेपाल सेमिफाइनलमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भए पनि नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गरेका थियो ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।