२ कार्तिक २०८३, सोमबार

म्याग्दे गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-विवि श्रेष्ठ

म्याग्दे, ७ असार । म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त बाह्रौँ गाँउसभाबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रमबाट पूर्वाधार तथा भवन निर्माण, कानुन निर्माण, योजना नीति रणनीति, अतिरिक्त कार्यक्रम, सुचना प्रविधितर्फ, राजश्व तथा आय वृद्धि तर्फ, कोभिड नियन्त्रण सम्वन्धमा, फोहरमैलो व्यवस्थापन, मन्त्रालय मुल्यांकनतर्फ, खानेपानीतर्फ नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यसैगरि विद्युततर्फ, समाजिक तथा लक्षित कार्यक्रम तर्फ, गरिबी निवारण र रोजगारी तर्फ, विपद व्यवस्थापन तर्फ, अन्तर निकाय समन्वयतर्फ पनि कार्यक्रममा समावेश गरिएका छन् ।

सुशासनतर्फ, शिक्षातर्फ, कृषि तथा पशुतर्फ, स्वास्थ्यतर्फ, बजेट खर्चतर्फ, सवारी साधनतर्फ, वडा तर्फको बारेमा कार्यक्रमले प्राथमिकता दिएको छ ।

यसैगरि आर्थिक विकास तर्फ कृषि विकास तथा कृषि प्रसार, पशु सेवा तथा प्रसार कार्यक्रम, घरेलु तथा साना उद्योगतर्फ, पर्यटन, सहकारी विकास, वैक तथा वित्तिय, अन्य विषय समेटिएका छन् भने समाजिक विकास समितितर्फ शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, म र मेरो स्वास्थ्य र मेरो जिम्मेवारी रहेका छन् भने युवा तथा खेलकुद, महिला तथा बालबालिका र लक्षित वर्ग, अपाङ्गता तथा जेष्ठ नागरिक, खानेपानी तथा सरसफाई, भाषा साँस्कृतिक र साहित्य, गैसस निजी क्षेत्र र सहकार्य साझेदारीलाई कार्यक्रममा समावेश गरिएको छ ।

पुर्वाधार विकास समितितर्फ समग्र पूर्वाधार जन्य कार्य प्रक्रिया, सडक तथा पुल कल्वर्ट र झोलुङ्गे पुल, भवन तथा शहरी किास, जग्गा चक्ला बन्दी तथा वस्ती विकास योजना रहेका छन् । यसैगरि कार्यक्रममा विद्युत तथा उर्जा, सिंचाई तर्फ, संचार तथा सुचना प्रविधिले स्थान पाएका छन् ।

यसैगरि वन वातावरण तथा विपद व्यवस्थापन तर्फ वन तथा वातावरण, विपद व्यवस्थापन, भुमिव्य वस्थापन, समेटिएका छन् भने सुशासन तथा संस्थागत विकास समितीतर्फ नीति तथा कार्यक्रम, राजश्व परिचालन, वित्तिय अनुशासन र सुशासन, अन्तर निकाय समन्वय तथा प्रदेश सरकारसँगको सहलगानी, अनतर निकाय समन्वय तथा केन्द्र सरकारसँगको सहलगानी, समाजिक सुरक्षा र सामाजिक कल्याण का विषयले नीति तथा कार्यक्रममा स्थान पाएको छ ।

नीति तथा कार्यक्रमको दोश्रो शेसनका अध्यक्षता म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले नीति तथा कार्यक्रमको सभामा निर्णयार्थ प्रस्तुत गरेका थियो भने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले वाह्रै गाँउसभाको संचालन गरेका थिए ।