२ कार्तिक २०८३, सोमबार

वायु सेवा सञ्चालक संघले वुधबारदेखि नियमित उडान रोक्ने घोषणा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । वायु सेवा सञ्चालक संघ नेपालले वुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग गर्दै संघले यस्तो घोषणा गरेको हो ।

मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग राख्दै संघले वुधबारदेखि उडान रोक्ने घोषणा गरेको हो ।

संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।

त्यस्तै, संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका पूर्वाधारको माग गरेको छ ।