४ कार्तिक २०८३, बुधबार

सवारी दुर्घटनामा पत्रकारकी श्रीमतीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ वैशाख । पृथ्वी राजमार्गको कुरिनटारमा शुक्रबार भएको सवारी दुर्घटनामा पत्रकार कृष्ण केसीकी श्रीमती सत्यभामा केसीको मृत्यु भएको छ भने उहाँसहित छजना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ४ च १७८४ नम्बरको कारलाई विपरीत दिशातर्फ जाँदै गरेको बा ३ च ५७८ नम्बरको बोलेरोले ठक्कर दिँदा काठमाडौँ–२९, सामाखुशी निवासी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनामा पत्रकार केसीको टाउकोमा चोट लागेको छ । चिकित्सकले केसी खतरामुक्त रहेको जनाएका छन् । घटनामा सोही ठाउँका आर्नव खड्का, अन्तिमा पोखरेल खड्का, सुरज खड्का, समुल खड्का र सैजील केसी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस