५ कार्तिक २०८३, बिहिबार

कामना बैंकद्वारा १५औं शाखारहित बैंकिङ सेवा सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । कामना विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको कावासोती नगरपालिका–७ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । कावासोती नगरपालिका ७ का वडा अध्यक्ष गोविन्दप्रसाद महतोले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् । भीमा भुर्तेललाई उक्त शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको जनाएको छ ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिने बैंकले जनाएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।