
काठमाडौं, ७ असार । रोटरी क्लव अफ गोंगबुले क्लवको सातौं वार्षिक उत्सव मनाएको छ ।
सातौं वार्षिक उत्सवको अवसरमा क्लबले सोमबार दृष्टिविहीन बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । ताारकेश्वर–५ बसाहा चौरमा रहेका दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्रका १९ जना बालबालिकालाई सहयोग पुग्नेगरी खाद्यान्न वितरण गरिएको क्लवका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतले आगामी दिनमा पनि क्लवले शैक्षिक केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया