१ कार्तिक २०८३, आइतबार

एसीसी महिला टी–२० च्याम्पियनशीपमा नेपालले आज हङकङसँग खेल्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । एसीसी महिला टी–२० च्याम्पियनशीपमा नेपालले आज हङकङसँग खेल्दैछ ।

खेल मलेसियाको किनरारा ओभलमा दिउँसो १२ बजे शुरू हुनेछ । लगातार तीन खेल जितेको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अङ्ककासाथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनशीपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मा यूएई, मलेसिया, ओमान, कतार र सिङ्गापुर छन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी–२० खेल्न पाउने छन् ।