५ कार्तिक २०८३, बिहिबार

पाँच प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । आज मंगलबार पाँच वटा प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । साथैप्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको महाशाखाको भनाइ छ ।

त्यस्तै, मंगलवार राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नदीहरूमा जलस्तर बढ्ने तथा पहाडी भेगमा पहिरोको सम्भावना भएकाले त्यसै अनुसार सतर्कता अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन् ।