
काठमाडौँ, ६ असार । एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थमा गरेको चर्को मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।
सोमबार साँझ विरोधमा निकालिएको अनेरास्ववियुको राँके जुलुसमा प्रहरीले दमन गर्दा एक दर्जन बढी घाइते भएका छन् ।
अनेरास्ववियुले निकालेको राँके जुलुसमाथि त्रिचन्द्र कलेज अगाडि प्रहरीले दमन गरेको हो ।
प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुवका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसहित एक दर्जन बढी विद्यार्थी घाइते भएका अनेरास्ववियुले जनाएको छ ।
नेपाल आयल निगमले सोमबारबाटै लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ ।















प्रतिक्रिया