
काठमाडौँ, ६ असार । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
गत मंसिर ८ गते सरकारले उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
पछिल्लो समयमा पर्यटनमन्त्री प्रेम आलेले अधिकारीमाथि विभिन्न आक्षेप लगाउँदै आएका थिए । मन्त्री आलेले उनीमाथि अपशब्द समेत प्रयोग गरेर आलोचित भएका थिए ।
आलेले आफ्नो गल्ती ढाकछोप गर्न निगमका अध्यक्ष अधिकारीलाई निशाना बनाएका हुन् । मन्त्री आलेले निगमका अध्यक्ष अधिकारीमाथि आफूले भनेको काम नगरेको भन्दै अपशब्द बोलेका थिए ।
सरकारले अधिाकरीमाथि सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सोझै टिकट विक्री गर्ने कार्य गरेकोलगायत दर्जन बढी आरोप लगाएको छ ।
मन्त्रिपरिषद बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने पनि निर्णय गरेको छ ।















प्रतिक्रिया