
काठमाडौँ, ६ असार । सरकारले गरेको चर्को मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।
सोमबारदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि क्रान्तिकारीले टेकु अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।
यसअघि संगठनले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन सरकार समक्ष माग गरेको थियो ।















प्रतिक्रिया