२ कार्तिक २०८३, सोमबार

शेयर बजारमा निरन्तर पहिरो, एकै दिन ४९ अंकले घट्यो नेप्से

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन ।

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भारी गिरावट आएको छ ।

आजको दिनमा ४९.३१ ले ओरालो लाग्दै नेप्से १८८४.८१ को बिन्दुमा झरेको छ ।

कारोबार रकम भने केही बढेको छ । सोमबार विभिन्न कम्पनीका ६१ लाख ८६ हजार कित्ता किनबेच हुँदा करिब एक अर्ब ७५ करोडको कारोबार भएको छ ।

सोमबार अधिकांश कम्पनीले गुमाएका छन् ।