२ कार्तिक २०८३, सोमबार

स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा पहिरोमा परी दुई भारतीय बेपत्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ६ असार । प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका दुई भारतीय युवक कपिलवस्तुको धानखोलामा पहिरोमा परी बेपत्ता भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलमा भारतको सिद्धार्थनगर जिल्लाका १७ वर्षीय निखिल कौशल र १८ वर्षीय सुरज सोनी बेपत्ता भएका प्रहरीले जनाएको छ ।

लु २ ख २७१६ नम्बरको फोर्स गाडीमा फर्किँदै गरेका उनीहरुलाई शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा गाडीबाट ओर्लेर खोला तर्ने क्रममा अचानक आएको पहिरो आएर उनीहरुलाई बगाएको हो ।

प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।