
काठमाडौँ, ६ असार । नेकपा एकीकतृ समाजवादी सत्तारुढ गठबन्धनसँग रुष्ट बनेको छ । गत जेठ २१ गते आफ्ना मन्त्रीहरुलाई फिता बोलाउने निर्णय कार्यान्वयनका लागि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नमानेपछि एकीकृत समाजवादी फायर भएको हो ।
अध्यक्ष माधवकुमार नेपालले हालका मन्त्रीहरुलाई फिर्ता गरेर नयाँ बनाउने निर्णय गरेका थिए । जसका कारण पार्टीका नेताहरुले पार्टी छोड्नेसम्मको तयारी गरेका थिए ।
एकीकृत समाजवादीमै पनि अध्यक्षको कार्यशैली ठीक नभएको भन्दै आलोचना तीव्र बनेको छ भने नेपाल पक्षकाले गठबन्धनप्रति प्रश्न उठाएका हुन् ।
त्यस्तै, गठबन्धनका कांग्रेस, माओवादी, जसपा लगायतले आफ्ना मन्त्रीहरु पनि फिर्ता बोलाएपछि मात्रै मन्त्रिपरिषद पुनर्गठन हुने बताउँदै आएका छन् । तर त्यसका लागि कहिले भन्नेबारे चाँही खुलेको छैन । यद्यपि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठनको तयारी भनेको गरेको बताइन्छ ।
आफ्नो निर्णय कार्यान्वयन नगरेको प्रति एकीकृत समाजवादी रुष्ट बने पनि केही गर्न सक्ने अवस्थामा छैन ।















प्रतिक्रिया