५ कार्तिक २०८३, बिहिबार

टिपरको ठक्करबाट चप्पल कारखानामा पैदलयात्रीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराति ट्रिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने व्यक्तिको सनाखत हुन सकेको छैन । महाराजगन्ज चोकबाट धुम्बाराहीतर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो । टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।