२ कार्तिक २०८३, सोमबार

इन्डिगोको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ६ असार । गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा चरा ठोकिएको छ ।

आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएको थियो ।

अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो । ‘गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ ६३९४ मा शंकास्पद चरा ठोकिएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो’, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ ।

एकै दिनमा विमानले आकस्मिक अवतरण गरेको यो दोस्रो घटना हो । आइतबार नै पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा चरा ठोकिएपछि आगो लागेको थियो । आगो लागेपछि विमानलाई फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको थियो । एजेन्सी