२ कार्तिक २०८३, सोमबार

प्रेमीसँग यस्तो हट अवतारमा देखा परिन् मोडल गरिमा शर्मा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको ‘राधा प्यारी’ मा एरेन्ज विश्व अधिकारीको रहेको छ ।

किशोर थापाको मिक्सिङ मास्टरिगं रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।

भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग गज्जबले खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयम्कै रहेको छ ।

प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् । ‘इनाक्छी इन्टरटेनमेन्ट’ बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।