५ कार्तिक २०८३, बिहिबार

सरकारले पेट्रोल र डिजेलको मूल्य २७ रुपैयाँसम्मले बढायो

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २७ रुपैयाँसम्मले बृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आइतबार राति डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य राति १२ बजेदेखि नै लागू भइसकेको छ ।

मूल्य बढेसँगै प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।