२ कार्तिक २०८३, सोमबार

काठमाडौँको कल सेन्टरबाट अमेरिकामा ठगीमा संलग्न भारतीयसहित १३ जना पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । काठमाडौँमा कल सेन्टरमार्फत अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको छ ।

धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ले अनलाईन मार्फत सो ठगीधन्दा चलाएको आरोपमा प्रहरीको साइबर ब्यूरोले संलग्न १३ जनालाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ र उनका मुख्य सहयोगी दुईजना भारतिय नागरिक छन् ।

कलसेन्टरको सुपरभाइजर भारत घर भएका ३२ वर्षीय निशान्त गैरे र कल सेन्टरमा काम गर्नेहरुलाई मनिटरिङ गर्ने भारतिय नागरिक २४ वर्षका मनिष तिवारी छन् ।

आरोपीहरुले माईक्रोसफ्ट कम्पनीको कल सेन्टरको नाममा कम्प्यूटर र ल्यापटप जस्ता विद्युतिय सामग्रीमा सुचना पठाएर फिसिङ गर्थे । युजरको डिटेल लिएपछि ह्याक गरेर बैंक खाताको रकम ट्रान्सफर गर्ने गरेका थिए ।

पक्राउ पर्नेमा धुम्बाराहीस्थित कल सेन्टरमा काम गर्ने १० जना कामदार छन् । २२ वर्षका अमिन खड्का, २२ वर्षीय करण गुरुङ, अनोज लामा, २० वर्षीया आरुषी राई, २१ वर्षीया युबिना तामाङ, २३ वर्षीया आरस तुलाधार, २६ वर्षीया सपना मग्राती, २९ वर्षीया टिका राउत, २४ वर्षीया सुनिता राउत र १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी अर्यालले बताए ।

‘यो समूहले अनलाइनमार्फत अमेरिकामा ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ’ एसएसपी अर्यालले भने–‘अमेरिकामा पेन्सन लिएर बसेकाहरुको सुचना टेलिग्राम एपमार्फत भारतमा सुचना पठाएर पैसा जम्मा गरेको देखिन्छ ।’