२ कार्तिक २०८३, सोमबार

३० हजार कामदार वैदेशिक रोजगारको सट्टा घर फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-halla1काठमाडौं, १९ वैशाख । महाभूकम्पका कारणले गर्दा ३० हजार कामदार वैदेशिक रोजगारको सट्टा घर फर्किएका छन्।

यसमध्ये वैदेशिक रोजगारका सम्पूर्ण प्रक्रिया पूरा भएका मात्र १४ हजार कामदार रहेका छन् ।

महाभूकम्पले म्यानपावर कम्पनीका कार्यालय नै बन्द भएकाले १४ हजार कामदार रोकिएका हुन्।

त्यस्तै काठमाडौं बाहिरबाट तुरुन्तै कामदार नभित्रिने पनि म्यानपावर व्यवसायीले जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङ्ले त्रासका कारण म्यानपावर कम्पनी बन्द छन्।

उनले भने, ‘यस्तो अप्ठ्यारो समयमा कर्मचारीलाई जवर्जस्ती कार्यालय आऊ भन्न सकिन्नँ। काठमाडौं आसपासका कामदारको त झन अवस्था दर्दनाक छ।’

करिब ९५ प्रतिशतको कार्यालय एक तलामाथि रहेकाले पनि म्यानपावर सञ्चालक र कर्मचारीमा त्रास बढेको उनले बताए।