
काठमाडौँ, ५ जेठ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले गठबन्धन सरकारले देशलाई चिथोर्ने कार्य गरेको बताएकी छन् ।
आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै न्यौपानेले सात दलीय गठबन्धनले नेपाली आमालाई चिथोर्ने काम भइरहेको जनाएकी छन् ।
उनले आफूले भावनात्मक रुपमा यस्तो नभनेको जनाउँदै आफूहरुले सरकारको कमीकमजोरी औँल्याउनु भनेको देश प्रति र जनताप्रतिको न्याय गर्नु रहेको बताउँदै त्यही भएर आफूहरुले देश र जनताका निम्ती आवाज उठाइरहने बताइन् ।
उनले मन्त्रीहरुप्रति प्रश्न उठिरहेकाबारेमा छानबिन समिति बनाइयोस् र अनुसन्धान गरियोस् भनको बताइन् ।
‘अर्थमन्त्रीका विषयमा उठेका प्रश्नहरुका विषयमा अरुलाई ढाट्न सकिएला, आफूलाई पनि डाट्न सकिएला तर प्रविधिलाई ढाट्न नसकिने बताउँदै सीसीटिभी फुटेज देखाइयोस्, छानबिन समिति गठन गरियोस्, हामीले यो भनिरहँदा हामीले के गल्ती गर्यौँ ?’ न्यौपानले बताइन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया