२ कार्तिक २०८३, सोमबार

मन्त्री आलेको अडियोबारे परीक्षण गरी कारवाहीको माग गर्दै उजुरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरको अडियो प्रकरणबारे परीक्षण गर्न उजुरी परेको छ ।

मन्त्रि आलेविरुद्ध प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको हो ।

आलेविरुद्ध उजुरीमा अडिओको वास्तविकताबारे ल्याब परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्यालले संसद आचारण अनुगमन समितिको सचिवालयमा आइतबार आलेविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा लेखिएको छ, ‘यसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन । यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पु¥याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ ।’