२ कार्तिक २०८३, सोमबार

जब साइकलबाट लडे अमेरिकी राष्ट्रपति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन डिसी, ५ असार । अमेरिकी राष्ट्रपति जो बाइडेन डेलावेयरस्थित आफ्नो बिच हाउस नजिकै साइकलबाट लडेका छन्। शनिबार केप हेन्लोपेन स्टेट पार्क नजिकै साइकलबाट ओर्लन खोज्दा उनी लडेका हुन्।

बाइडेनले आफूलाई कुनै चोट नलागेको बताएका छन् । घटनालगत्तै अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले राष्ट्रपतिलाई उठ्न मद्दत गरेका थिए। त्यसको लगत्तै बाइडेनले भने, ‘म ठीक छु। मेरो खुट्टा मात्रै अड्किएको हो। मलाई कुनै चोटपटक लागेको छैन।’