५ कार्तिक २०८३, बिहिबार

सुर्खेतमा जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु, सल्यानमा ६ जना घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ५ असार । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ चिसापानी नजिकै जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा पर्दा उनीहरूले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन् ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो । घाइतेहरूबारे भने प्रहरीले केही खुलाएको छैन ।

यसैबीच, सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जिप शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।