२ कार्तिक २०८३, सोमबार

बुबाको गीत ‘किन हर हर’बाट छोरी सिल्भियाले गरिन् अभिनयमा डेब्यु (भिडियोसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । गायक सचिन रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यु गरेकी छिन् ।

आफ्नै बुवा सचिन रौनियारको गीत ‘किन हर हर’ (पपया भर्सेज जिलेट) बाट म्यूजिक भिडियोमा उनले अभिनय शुरू गरेकी हुन् । दीपक शर्माको शब्द र सगीत रहेको गीतको भिडियोमा सिल्भियाको साथमा सुनिल छेत्रीको पनि अभिनय रहेको छ ।

सचिन र गायिका अस्मिता अधिकारीको पनि युगल स्वर समावेश गीतको भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गरेका हुन् जसमा दुर्गा पौडेलको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ ।

छोरीसँग सहकार्य गरेका र आफ्नै युट्युबमार्फत गीत सार्वजनिक गरेका यो गीत उनका लागि विशेष छ । अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा राखेको गायक सचिनले बताएका छन् ।

गायनमा करिब ३ दशक बिताइसकेका सचिनले २०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् भने धेरै गीतहरु दर्शक माझ लोकप्रिय छन् ।