२ कार्तिक २०८३, सोमबार

उषा केसीको माकुरी सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । मुक्तककार उषा केसीको दोस्रो मुक्तक सङ्ग्रह माकुरीको विमोचन गरिएको छ ।

साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा उक्त मुक्तम विमोचन गरिएको हो । मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले मुक्तक लोकार्पण गरे ।

स्रष्टा केसीले आफ्नी आमाको ९०औं जन्मदिनको उपलक्ष्यमा सो कृति प्रकाशित गरेकी हुन् । यसमा ३०३ वटा मुक्तक छन् । कार्यक्रममा स्रष्टाका आमालाई जन्मदिनको उपलक्ष्यमा अभिनन्दन गर्दै उनको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गरिएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनले मुक्तकको छुट्टै पहिचानमा समस्या देखिएपछि प्रतिष्ठानले मुक्तक चतुश्पदीय शैलीमा लेखिनुपर्ने भनी एउटा मानक बनाएको बताए ।

वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ पत्रकार राजन कार्की र समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्दै केसीका मुक्तकहरू चतुश्पदीय शैलीमा लेखिएका र तिनले राजनीतिक विकृति, देशप्रेम, माया र आमालाई विषय बनाएको बताए ।

वरिष्ठ साहित्यकार पवन आलोकले आमाप्रति समर्पित छोरीबाट हामीले पनि धेरै कुरा सिक्नुपर्ने चर्चा गरे । यसैगरी साहित्यिक पत्रकार संघका सदस्य नियात्राकार डा. दामोदर पुडासैनी र साहित्यकार मुरारी सिग्देलले पनि बोल्नुभएको उक्त कार्यक्रममा कविहरू निशा केसी र शान्ति शर्माले लोकार्पित कृतिबाट मुक्तकहरू वाचन गरेका थिए ।

कार्यक्रममा लेखिकाकी माता माकुरी पौडेलले फ्रेस नेपाल नामक सामाजिक संस्थाका लागि धन लोहारलाई १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेकी छिन् । कार्यक्रममा साहित्यकारहरू रुकु कार्की, दिब्य गिरी, ललिता दोषी, विधान आचार्य, राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रुद्र पौडेल, रिता खत्री, राजन नेउपाने, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल, जानु धिताल, विमला अधिकारी, सावित्रीश्रेष्ठ, नम्रता उप्रेतीलगायत ५० जना भन्दा बढी सर्जकहरूको उपस्थिति थियो ।