४ कार्तिक २०८३, बुधबार

गाईको मायाले आफ्नै ज्यान गयो !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur

– मोहन विष्ट

महेन्द्रनगर, १८ वैशाख । शनिवारको महाभूकम्पले राजधानी लगायत देशलाई नै आँशुमा डुबायो । कयौ हताहत भए । धेरै नागरिक अहिले अस्पतालमा जीवन मरणको दोसाधमा छ । भूकम्पको त्रास अहिले पनि रोकिएको छैन् । यस्तो बेला सुदूरपश्चिममा भयानक हावाहुरीले जनधनको क्षति गरेको छ । हावाहुरीबाट चरा जनाको मृत्यु भएको छ । धेरै घाइते भएका छन् ।

त्यसैमा परेर कञ्चनपुरको कृष्णपुर २ की सरस्वती धामीको पनि मृत्यु भयो । सुदूरमा बैशाख १८ गते बिहान झण्डै २ः३० बजेतिर भयानक आँधीहुरी आएको थियो । जसका कारण सुदूरको जनजीवन त्रसित बनेको छ । कृष्णपुर–२ वाणीकी ५७ बर्षीया सरस्वती धामी छिमेकीको विहेमा सगुन गाँउन गएकी थिईन् बिबाहबाट उनी २ बजेतिर फर्कर घर आईन् ।

घर आएको केही समयपछि भयानक आँधिहुरी चल्यो । उनका मनमा एक्कासी गाईको याद आयो । गाई घरको नजिकै आँपको रुखमा बाँधिएको थियो । गाई बचाउन अत्ताल्लिएर उनी गाई भएको ठाँउको पुगे । गाई खोल्दा एक्कासी सो रुख ढलेर उनको शरीरमा परेपछि उनको घटनास्थलमै मृत्यु भयो । मृतक धामीको गाँउ शोकमा डुबेको छ ।

काठमाडौँ लगायत देशका विभिन्न स्थानमा आएको महाभूकम्पको त्रासले सर्वसाधारण हिजो निकै त्रसित भएका थिए । भूकम्प भन्दा पनि भयानक आँधिहुरीका कारण स्थानियहरु अत्यन्तै भयावित भएका छन् । यस्तै हवाहुरीका कारण जिल्लाका सार्वजनिक ठाउँमा अधिकाशं रुखहरु ढलेका छन् । ठाँउ ठाँउमा रुख ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको विद्युत प्राविधिकरण कार्यालय महेन्द्रनगरले जनाएको छ ।

रुख ढल्दा अवरुद्ध विद्युत मर्मतका लागि एक दुई दिन लाग्ने विद्युत कार्यालयले जनाएको छ । यस्तै, जिल्लाका गरिब तथा विपन्न समुदायका अधिकाशं छानाहरु समेत हावाले उठाएको छ । घरको छानो हावाहुरीले उडाउँदा यहाँका गरिब, विपन्न, सुुकुम्बासी, आरक्षपीडित, मुक्त कमैया र भूमिहिन बस्तीका स्थानियहरु विचल्लीमा परेका छन् ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर, दोधारा-चाँदनी, बेल्डाँडी, बेलौरी, पूर्नवास, कृष्णपुर, झलारी, दैजी, सुडा लगायत अन्य ग्रामिण बस्तीहरुमा समेत हावाहुरीका कारण रुख ढल्दा विद्युत अवरुद्ध हुनुका साथै अधिकाशंका घर, गोठ भत्किएर सर्वसाधारण समान्य घाईते भएका छन् । राति ३ बजे देखि हावाहुरी चल्दा धेरै मानवीय क्षति हुन पाएन् । कञ्चनपुर लगायत सुदूरपश्चिमका सर्वसाधारण यती बेला हावाहुरीको त्रासले आतंकित बनेका छन् ।