२९ आश्विन २०८३, बिहिबार

बालिका बलात्कारका घटना बढ्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1गौरीशंकर जयसवाल
नवलपरासी,१७ जेठ ।  नवलपरासीमा विगत बर्ष भन्दा बालिका बलत्कारका घटना बढदै गएको छ ।
बालिका माथि हुने यौन दुब्र्यहार र बलात्कारका घटना बढदै जादा बालिकाहरु असुरक्षित भएका छन् ।  दुब्र्यहारका घटनालाई अधिकांश गाउ ठाउमै मिलाउने र प्रहरीसम्म आउदा पनि लेनदेनमा मिलाउदा यस्तो प्रकृतिको घटनामा बृद्धि भएको हो ।
बिगत बर्षमा बलात्कारका घटना आए पनि बालिका बलात्कृतका घटना अहिले बढेको महिला कानुन र विकास मञ्च(एफडब्लुएलडी) का अधिवतmा रमेश चौधरीले बताउनुभयो ।
संस्थामा यस बर्ष मात्र  जाहेरी लेखाउनका लागि १५ वटा बालिका बलात्कार र यौन दुब्र्यहारमा परेका पिडितहरु आएका आएको उहाले बताउनुभयो  ।
अधिवतmा चौधरीका अनुसार जाहेरी लेखेर प्रहरीमा पठाउदा समेत कतिपय दलका प्रतिनिधिहरु मिलाएर लैजाने गर्दा अदालतसम्म आएका छैनन् ।
कतिपय अदालतसम्म प्रहरीले  यस्ता मुद्दा  ल्याउदा घरमै आर्थिक लेनदेन गरि अभिभावकहरुले नै पीडितबाट बयान फेर्न लगाउने, पीडितलाई अदालतमा उपस्थित नगराउने(होस्टायल) गराउने कार्य भएको छ ।
बालिका बलात्कारको घटना भयावह हुदै गएको प्रहरी कार्यालय नवलपरासीले जानएको छ । प्रहरीका अनुसार पीडित पक्षलाई अदालत सम्म पुर्याउन प्रहरीले सहयोग गरेपछि  पीडित पक्ष नै पीडकको पक्षमा लाग्ने गर्दा समस्या छ ।
गाउँ गाउँमा मोवाइल,भिडिओ आदीमा अश्लिल फिल्मको बिगबिगिले पनि बालिका बलत्कारका घटना बढाउने गरिएको छ । समाजिक मुल्य मान्यता,नैतिक शिक्षा आदी नहुने हुदाँ पनि बालिका बलात्कारका घटना बढनुको कारण भएको अधिवतmा चौधरीले बताउनु भयो  ।