४ कार्तिक २०८३, बुधबार

भूकम्पमा पुरिएका पेम्बालाई ६ दिनपछि कुकुरले बचायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;z:q k|x/Lsf] ;r{ P08 /]:So' 6f]nL4f/f lhljt} p4f/  sf7df8f}+ u+uj'l:yt j;kfs{sf] b'O{ gDa/ u]6 glhs ldqgu/df /x]sf] ;okqL u]i6 xfp;af6  dªu/af/ !)M!% ;z:q k|x/L ansf] ;r{ P08 /]:So' 6f]nLn] Ps hgfsf] lhljt} p4f/ u/L pkrf/fy{ lq=lj= lzIf0f c:ktfndf k7fPsf] 5 . tl:a/ M ;f}hGo ;z:q k|x/L, /f;; .काठमाडौँ, १८ वैशाख । नयाँ बसपार्कसँगै रहेको हिडेन गेस्ट हाउसमा एक सय बीस घन्टाअघि फसेका १५ वर्षीय किशोर पेम्बा लामा जीवित नै रहेको सङ्केत सशस्त्र प्रहरी बलको तालिमप्राप्त कुकुरले दिएपछि त्यसको चर्चा सुरक्षा क्षेत्र र सर्वसाधारणमा बढ्न थालेको छ ।

त्यसअघि फ्रान्सेली टोलीसहित अन्य टोलीले सो गेस्ट हाउसमा जीवित व्यक्ति नभएको निष्कर्ष निकालेका थिए । सशस्त्रको प्रहरीको ‘रिया’ नामकी कुकुरले जीवितै रहेको सङ्केत गरेपछि हेन्डलर (कुकुरको परिचालनकर्ता प्रहरी)ले तुरुन्तै सशस्त्रको विपत् व्यवस्थापन केन्द्रमा खबर गरे । खबरलगत्तै सशस्त्रको प्रहरी टोली तत्काल उद्धारमा खटिएको थियो । सशस्त्रका प्रहरी निरीक्षक एलबी बस्नेतले जोखिमसाथ भत्किएको संरचनाभित्रै पुगेर लामाको उद्धार गर्न सफल हुनुभएको थियो ।

सो गेस्ट हाउसमा काम गर्दै आएका १५ वर्षीय पेम्बा लामाको १२० घन्टापछि जीवितै उद्धार गर्न रियाको विशेष देन रह्यो । अत्याधुनिक उपकरण भएका टोलीले परीक्षण गरेको स्थानभन्दा लामा सात फिट तल रहेकाले अन्य टोलीले पत्ता लगाउन नसकेको अनुमान गरिएको छ ।

हाल सशस्त्रसँग ‘खोजी र उद्धार’सम्बन्धी तालिम लिएका तीन कुकुर रहेको सशस्त्रका प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले जानकारी दिनुभयो । आगलागी, बाढीपहिरो, भूकम्प, लागुऔषधलगायत फरक फरक घटनामा फरक फरक तालिमप्राप्त कुकुरको आवश्यकता पर्छ । तालिम लिएको कुकुर प्रायः सोही प्रकृतिका घटनामा मात्रै प्रयोग गर्न सकिन्छ ।

नेपाली सेना, नेपाल प्रहरीसहित नेदरल्यान्ड्स, पोल्यान्ड, फान्सलगायत मुलुकबाट आएका उद्धार टोलीका विशेष तालिमप्राप्त कुकर भूकम्पपछि उद्धारका लागि खटिएका छन् । रासस