५ कार्तिक २०८३, बिहिबार

बैंक अफ काठमाण्डूद्वारा बागमतीका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । बैंक अफ काठमाण्डू लिमिटेडको बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले हालै सार्वजनिक गरेको दुई वटा निक्षेप योजनाहरूको जानकारीमुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरूको जानकारी प्रदान गर्ने उद्देश्यले उक्त घरदैलो कार्यक्रम सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो ।

बैंकले आकर्षक विशेषताहरूसहित चार गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । साथै, बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३% को वार्षिक ब्याजदरसहित थुप्रै आकर्षक विशेषताहरू समावेश गरी ग्राहक महानुभावहरूको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो ।

बैंकको बागमती प्रदेशअन्तर्गतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोंगबु, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साँखु, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगञ्ज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथलगायत शाखा कार्यालयहरूले आफ्नो नजिकको स्थानहरूमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरूको बारेमा जानकारी दिएका हुन ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०१ वटा शाखा कार्यालय, ९७ वटा एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।