
काठमाडौँ, ३० जेठ । नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर गलत सूचना सम्प्रेषण भएको पाइएको छ ।
नबिल बैंकले नै एक सूचनामार्फत त्यसबारे सचेत हुन आग्रह गरेपछि यसबारे खुलेको हो ।
बैंकले आम ग्राहक र जनसमुदायलाई सचेत गराएको हो । फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको छ ।
नक्कली अकाउन्टबाट प्रेषित भ्रामक सूचना ठगीको नियतका साथ सम्प्रेषण भएको हुनसक्ने भन्दै बैंकले सचेत गराएको हो ।
बैंकको फेसबुकबाट भेरिफाइड भएको फेसबुक पेज मात्रै रहेको र त्यसबाट पोस्ट गरिएका सूचना तथा जानकारी मात्रै आधिकारिक भएको सूचनामा उल्लेख गरिएको छ ।
















प्रतिक्रिया