४ कार्तिक २०८३, बुधबार

भूकम्पबाट डराएनन् सूर्यविनायक र पनौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surya-binayakकाठमाडौँ, १८ वैशाख । विसं १०९० देखि गत शनिबारसम्म आएका विनाशकारी भूकम्प र सानातिना भूकम्पले पनि भक्तपुरको सूर्यविनायकदेखि कटुञ्जेको केही भाग र काभ्रेपलाञ्चोकको पनौती बजारमा खासै असर परेन ।

सूर्यविनायक नगरपालिकाका वडा नं १, २, ४, ५ र ८ मा शानिबारको भूकम्पले केही पुराना घरमा सामान्य क्षति भए पनि खासै असर नपर्नाको कारण हो एउटै ढुङ्गामाथिको बस्ती । यस्तै एउटै ढुङ्गामाथि बस्ती रहेको पनौती बजार पनि भूकम्पबाट सुरक्षित भयो ।

“सूर्यविनायकदेखि कटुञ्जेको महादेवस्थान, सुशीलाभैरव मन्दिर(साविकको सुशीलाभैरव गाविस)सम्मको तेर्सो पेटीमा एउटै ढुङ्गो रहेको अनुमान गरिएको छ । त्यसैले होला केही पुराना घर चर्किनुबाहेक खासै क्षति पुगेको छैन” – स्थानीय बासिन्दा विश्वकुमार शर्माले भन्नुभयो । वडा नं ३ अन्तर्गतको कटुञ्जेकै कोलडाँडामा भने १८ घर पूर्णरुपले क्षति भएको बताइएको छ ।

पनौती बजारमा भूकम्प भए पनि एक दुई वटा घरका झिँगटी खस्नुबाहेक खासै क्षति छैन – मोफसलका पत्रकार मधुसूदन गुरागार्इं जानकारी दिनुहुन्छ । यहाँ घर बनाउनेहरूले जमिनमुनि रहेको ढुङ्गो भेटेर मात्र जग हाल्नुपर्छ भन्ने मान्यताका साथ काम हुनेगरेको छ ।

विसं १०९० को ८ दशमलव ४, २०४५ सालको ६ दशमलव ६, गत शानिबारको ७ दशमलव ८ रिक्टर स्केलका भूकम्पबाट यी दुवै क्षेत्र सुरक्षित हुन पुगेका छन् । रासस