
काठमाडौँ, ३० जेठ । मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह पक्राउ परेकी छन् ।
मिटरब्याजमा रकम लगाई सर्वसाधारणको घरबास उठाउने सप्तरीका रामदेवकी छोरी ठगी र आपराधिक विश्वासघात मुद्दामा फरार प्रतिवादी हुन् ।
साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो ।
साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । त्यसलगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।















प्रतिक्रिया