
काठमाडौँ, ३० जेठ । सेयर बजार कारोबार अब ६ दिन सन्चालन हुने भएको छ ।
सरकारले जेठ १ गतेदेखि साताको शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि खुल्न थालेको शेयर बजार अब पनि खुल्ने भएको छ ।
सरकारले आइतबार विदा कटौती गरे पनि शेयर बजारको कारोबार भने ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए ।
अब आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुनेछ भने शुक्रबार १ बजे बजार बन्द हुने भएको छ ।
यसअघि ५ दिन मात्रै कारोबार चल्थ्यो ।















प्रतिक्रिया